नेप्से परिसूचक साता कारोबारको अन्तिम दिन करिब १२ अंकले घटेको छ। ११. ९५ अंकले ओर्लिएर नेप्से १५५४ अंकमा कायम भएको छ।
१५७ कम्पनीको ७३ करोड ४९ लाखको सेयर किनबेच भएको छ। यस दिन सबै समूहहरु घटेका छन्। बिमा सबैभन्दा धेरै ११४ अंकले घटेको छ। बैंकिङ ९, होटल ११, विकास बैंक ५, जलविद्युत २३, फाइनान्स ५, उत्पादन २४ र अन्य समूह ४ अंकले घटेका छन्।
कारोबारका आधारमा यस दिन नविल बैंक अग्रस्थानमा रह्यो। उसको ४ करोड ८८ लाखको सेयर किनबेच भएको छ। कम्पनीको बुक क्लोज मिति नजिकिएकाले कारोबार बढेको हो। कुल ४८ प्रतिशत लाभांश पारित गर्नका लागि बैंकको साधारणसभा बस्दैछ। नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ७३ लाख तथा निर्धन उत्थान विकास बैंकको ४ करोड २१ लाखको कारोबार भयो।
समग्र बजार घट्दा पनि सिन्धु विकास बैंकका लगानीकर्ताले भने साढे ७ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै मितेरी विकास, आरएसडिसी लघुवित्त, जानाकी फाइनान्सका लगानीकर्ता पनि नाफामा रहे। एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५.४ प्रतिशत नाफा गुमाए।