स्ट्याण्डर्ड चार्टर्ड बैंक नेशनल पेमेन्ट स्वीचमा जोडिएको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र एनसिएचएल बीच एनपिएस (नेशनल पेमेन्ट सिस्टम) अन्तर्गतको नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
सम्झौतासँगै बैंकले नेपालपे कार्ड अक्वायर र इस्यू गर्न सक्ने भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ/पीएसपी र सय भन्दा बढी गैर–बैंकिङ सदस्यहरूसँग काम गर्दै राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ।
एनपिएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।