एनआइसी एसिया बैंकको सिइओमा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ।
बैंकको आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई सिइओमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ।
शाक्यले अबको ३० दिनभित्र यो कार्यभार सम्हाल्नुपर्ने र कार्यभार सम्हालेपछि आवश्यक जानकारी गराउने कम्पनीले नेप्सेलाई पठाएको पत्रमा उल्लेख गरेको छ।
केही समयअघि बैंकबाट रोशनकुमार न्यौपानेले राजिनामा दिएसँगै बैंकमा हाल कायममुकायम सिइओको रूपमा सन्तोष कुमार राठी छन्।
शाक्य हाल नबिल बैंकको बरिष्ठ डेपुटी सिइओ छन्। शाक्यसँग बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा लामो समय काम गरेको अनुभव छ।
उनले भारतको इस्टिच्युट अफ प्रोडक्टिभ म्यानेजमेन्टबाट पोष्ट ग्रयाजुएट डिप्लोमा गरेका छन्।