सिटिजन लाइफ इन्सुरेन्स कम्पनीले आठौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कार्यालयहरूमा सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम सञ्चालन गरेको छ।
कम्पनीले यस अवसरमा ‘विविधता र समावेशीकरण दिवस’ मनाउँदै कर्मचारीहरूमार्फत कार्यस्थलमा एकता, सद्भाव र सम्मानको सन्देश प्रवाह गरेको छ।
सिएसआर कार्यक्रम अन्तर्गत १६ स्थानमा रक्तदान, ६ स्थानमा बीमा सचेतना र्याली, ३ स्थानमा सरसफाइ अभियान, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएकाे छ।
त्यस्तै एक स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ।
‘आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुष्टि गर्ने अवसर हो। हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वमार्फत सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ अघि बढिरहेका छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने।
सिटिजन लाइफले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।