स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन तोलाको दुई लाख ३५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार दुई लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला ६० रूपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार २५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला तीन हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
३९ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।