सूर्यज्योति लाइफ इन्सुरेन्सले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा राजधानी लगायत देशै भरीका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको थियो।
सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा सहयोग गरेको हो।
कम्पनीका सञ्चालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका छन्।