एनआइसी एसिया बैंकका ग्राहकले लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्।
एन आई सी एशिया बैंक नवलपरासी स्थित लन्डन ब्रिज गार्डेन रिसोर्ट बीच बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको छ।
सम्झौता अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।
यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।