एसवाइ प्यानल नेपाल लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि २ लाख ६१ हजार ६२७ कित्ता र विदेशमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता आइपिओ निष्काशन गरेको छ।
कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड रुपैयाँमध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सर्वसाधारणलाई दिने योजना छ। यसमध्य हाल प्रभावित स्थानीय र प्रवासी नेपालीका लागि आईपिओ खुला गरिएको हो।
यसका लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर छिटोमा असोज १० गते र ढिलोमा असोज २१ गतेसम्म बिक्री खुला हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।