हिमालयन बैंकले नजिक रहेका शाखा सञ्जाललाई व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटारमा सञ्चालनमा ल्याएको छ।
काठमाडौं महानगरपालिका–२, एन एल कम्प्लेक्स, बालुवाटारस्थित नयाँ शाखाबाट असोज २ गतेदेखि ‘बालुवाटार शाखा’ नामबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।
नयाँ शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरे।
बैंकले १७४ शाखा कार्यालय, २० वटा विस्तारित काउन्टर, २ सय ८६ एटिएम, ८ हजार भन्दा बढी पस मेसिन मार्फत सेवा दिँदै आएको छ।