आज सेयर कारोबार बन्द हुने नेपाल स्टक एक्सचेन्जले सूचना प्रकाशित गरेको छ।
आज विहान ८:३० बजेदेखि काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी भएको र लगानीकर्ताहरूबाट समेत कारोबार स्थगन गर्न अनुरोध आएकोले सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको लागि कारोबार स्थगन गरिएको नेप्सेले उल्लेख गरेको छ।