नेपाल राष्ट्र बैंकमा रहेको सरकारी खाता (ढुकुटी) मा रकम बढेको छ।
नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा केन्द्र र प्रदेश सरकारका साथै स्थानीय सरकारहरूको खातामा जम्मा १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
यसमा अघिल्लो वर्षको बाँकी रकम पनि जोडिएको छ। २०८१ असार मसान्तमा यो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ मात्र थियो।
यसको मतलब एक वर्षको अवधिमा सरकारी ढुकुटीमा ३६ अर्ब ७७ करोड रुपैयाँ थपिएको छ।
यसले सरकारको खर्च गर्न सक्ने क्षमता र वित्तीय अवस्था बलियो भएको देखाउँछ।