पछिल्लो आर्थिक वर्ष डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएको छ। २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.६६ प्रतिशतले कमजोर (अवमूल्यन) भएको छ।
अघिल्लो वर्ष सोही अवधिमा नेपाली रुपैयाँ १.६४ प्रतिशतले कमजोर भएको थियो।
२०८२ असार मसान्तमा एक अमेरिकी डलर किन्न १३७ रुपैयाँ तिर्नुपरेको छ। यसले आयात महँगो बनाउन सक्छ भने विदेशबाट आउने रेमिट्यान्स (विप्रेषण) मा भने फाइदा हुन्छ।