चीनको एक्जिम बैंकको एजेन्टमा सानिमा बैंक नियुक्त भएकाे छ।
यसँगै सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)–१ लगायतका दुईवटा जलविद्युत् परियोजनाका लागि वित्तीय सहजीकरण र मध्यस्थकर्ताको रूपमा काम गर्नेछ।
चीनमा सानिमा र एक्जिम बैंक बीच यस सम्बन्धी सम्झौता भएकाे हाे।
एक्जिम बैंक सँगको सहकार्यले अन्तराष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भएर व्यापार प्रबद्र्धनमा टेवा पुग्ने सानिमा बैंकले विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, चीन विकास बैंकका उच्च अधिकारी तथा प्रमुख लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।