विकास हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। कम्पनीको ९० लाख ९१ हजार कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीको सेयर बुधबारबाट कारोबारमा आउनेछ। कम्पनीले पहिलो कारोबारको लागि ९७ रूपैयाँ ४३ पैसादेखि दुई सय ९२ रूपैयाँ २९ पैसाको मूल्य रेन्ज पाउने भएको छ।
नेप्सेले कम्पनीहरूको नेटवर्थको तीन गुणासम्मको मूल्य पहिलो कारोबारको लागि दिने गर्छ।