नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै ८४ वटा कम्पनी पाइपलाइनमा रहेका छन्।
यी ८४ कम्पनीले ५१ अर्ब ५१ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डको अनुमति पर्खिरहेका हुन्।
अहिले धितोपत्र बोर्डका ४३ वटा जलविद्युत कम्पनीले १८ अर्ब ४० करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति मागिरहेका छन्।
अहिले नै नेप्सेमा यो जलविद्युतका कम्पनीको संख्या सबैभन्दा धेरै छ।
नेप्सेमा अहिले ९१ वटा जलविद्युत कम्पनीको सेयर कारोबार भइरहेको छ। यी कम्पनीको सेयर मूल्य एक सय ९६ देखि दुई हजार चार सय ९० रूपैयाँसम्मका कारोबार भइरहेका छन्।
आइपिओको पाइपलाइनमा रहेका कम्पनी सूचीकृत भएसँगै जलविद्युत कम्पनीहरूको संख्या एक सय ३३ वटा पुग्ने देखिन्छ।
उत्पादन तथा प्रशोधनमूलक क्षेत्रबाट १६ कम्पनीले आइपिओ जारी गर्ने भएका छन्। १६ कम्पनीले २२ अर्ब ७२ करोड रूपैयाँ बराबरका सेयर जारी गर्ने भएका हुन्।
अन्य समूहबाट १० कम्पनीले तीन अर्ब ३२ करोड बराबरको, होटेल तथा पर्यटन क्षेत्रका सात कम्पनीले तीन अर्ब ३१ लाख बराबरको, लगनी क्षेत्रबाट तीन कम्पनीले दुई अर्ब ८४ करोड बराबरको सेयर जारी भएका हुन्।
त्यस्तै, चार वटा लघु बीमा कम्पनीले ९० करोड रूपैयाँ र एक लघुवित्त कम्पनीले ८० लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएका हुन्।
एक अर्ब रूपैयाँमाथि सेयर जारी गर्ने कम्पनी |
कम्पनी |
जारी गर्ने सेयर मूल्य |
जगदम्बा स्टिल्स |
६ अर्ब २ करोड |
सौर्य सिमेन्ट |
४ अर्ब २२ करोड |
मारुती समेन्ट्स |
४ अर्ब ३७ करोड |
अम्बे स्टिल्स |
३ अर्ब ३९ करोड |
स्युरी न्यादी पावर |
३ अर्ब ३ करोड |
रिद्धि सिद्धि सिमेन्ट्स |
२ अर्ब ६० करोड |
शिवम होल्डङ |
२ अर्ब ४३ करोड |
सोलु हाइड्रोपावर |
२ अर्ब |
डिस मिडया नेटवर्क |
१ अर्ब ३५ करोड |
युनाइटेड मेवा खोला |
१ अर्ब २३ करोड |
अर्किड होटल |
१ अर्ब १५ करोड |