गत शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्य सामान्य बढेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रूपैयाँ २३ पैसा कायम भएको छ। शुक्रबार एकको खरिददर १३३ रूपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रूपैयाँ १४ पैसा तोकिएको थियो।
आज युरोपियन युरो एकको खरिददर १४९ रूपैयाँ १४ पैसा र बिक्रीदर १४९ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ५ पैसा र बिक्रीदर ९२ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ १६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ६० पैसा कायम गरिएको छ।
आइतबार सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ २२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८३ पैसा कायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ४० पैसा र बिक्रीदर ३२ रूपैयाँ ५४ पैसा कायम गरिएको छ।
त्यस्तै साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ २२ पैसा र बिक्रीदर १३ रूपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ र बिक्रीदर २० रूपैयाँ ९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १९ पैसा र बिक्रीदर १७ रूपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ २ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७ पैसा तोकिएको छ।