राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्न खोज्दा बैंकहरूले मात्रै नौ अर्ब ५० करोड रूपैयाँ राखेका छन्।
राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न खोजेको थियो।
बैंकहरूले २.९९ प्रतिशत ब्याजदरमा यस्तो रकम राखेका छन्।
पछिल्लो समय बैंकहरूले लामो अवधिका यस्ता उपकरणमा कम रकम राख्न थालेका छन्। हाल यस्तो उपकरणमा बैंकहरूले राखेको एक खर्ब २२ अर्ब रकम छ।
बैंकहरूले राष्ट्र बैंकको अन्य विभिन्न उपकरण सहित कुल दुई खर्ब ९५ अर्ब रूपैयाँ फिर्ता पाउन बाँकी छ।