नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६७ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ १८ पैसा र बिक्रीमा १४८ रूपैयाँ ८४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ३९ पैसा र बिक्रीमा ८९ रूपैयाँ ७९ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९९ रूपैयाँ १७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ९६ पैसा र बिक्रीमा ३१ रूपैयाँ १० पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ९५ पैसा र बिक्रीमा ४४० रूपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ३१ पैसा तोकिएको छ।