माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले गरेको प्रस्ताव अनुसार लगानकर्ताले लाभांश पाउन साधारण सभाबाट पारित हुन पर्नेछ।
कम्पनीले यसअघिको वर्ष पनि १० प्रतिशत नगद लाभांश दिएको थियो।