एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले गरेको प्रस्ताव अनुसार लगानकर्ताले लाभांश पाउन राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन पर्नेछ।
बैंकको गत आर्थिक वर्षमा लाभांश क्षमता भने २९.८६ प्रतिशत देखिएको थियो।