शुक्रबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६८ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम गरिएको थियो।
आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४९ रूपैयाँ ६० पैसा पाइन्छ। युरोको मूल्य पनि बिहीबारको तुलनामा बढेको हो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २४ पैसा र बिक्रीमा ९० रूपैयाँ ६५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ २५ पैसा र बिक्रीमा ९९ रूपैयाँ ७० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५१ र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ९१ पैसा र बिक्रीमा ३१ रूपैयाँ ५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ १३ पैसा र बिक्रीमा ४४१ रूपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५७ रूपैयाँ २९ पैसा तोकिएको छ।