बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ १६ पैसा र बिक्रीमा १४८ रूपैयाँ ८२ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ०९ पैसा र बिक्रीमा ९० रूपैयाँ ४९ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रूपैयाँ ८० पैसा र बिक्रीदर १७६ रूपैयाँ ५९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ७९ पैसा र बिक्रीमा ३० रूपैयाँ ९३ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४४० रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २१ पैसा तोकिएको छ।