मंगलबार नेप्से सामान्य अंकले बढेको छ।
तीव्र उतारचढावकाबीच यसदिन नेप्से ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकममा पनि सुधार आएको छ।
सोमबार १३ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १३ अर्ब ५७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँ वृद्धि भएको हो।
यसदिन ३२८ वटा धितोपत्रको तीन करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
यस्तै, हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक ८.८६ प्रतिशतले घटेर कित्ता मूल्य ४२२ रूपैयाँमा झरेको छ।
दोल्ती पावरको मूल्य ८.४७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ६७० रूपैयाँ कायम भएको छ।
मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २७० रूपैयाँ ५० पैसामा ३४ करोड ७२ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गुडविल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २५५ रूपैयाँमा २९ करोड ५४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूहको परिसूचक २.२८ प्रतिशतले बढेको छ। (कारोबार रकम सच्याइएको)