एनएमबी बैंकले ८.२५ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने भएको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अंकित मूल्य एक सय रूपैयाँमा तीन करोड अर्थात् तीन अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई अंग्रेजीमा पर्पेचुअल नन् क्युमुलेटिभ प्रिफेन्सियल सेयर भनिन्छ।
पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएको भन्ने हुन्छ। नन् क्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुनु भन्ने हुन्छ।
अग्राधिकार भन्नाले अन्य सेयरधनीलाईभन्दा पहिलो प्राथमिकता राखिएकोले पहिले बैंकहरूले यस्तो अग्राधिकार सेयरका धनीको लागि लाभांश छुट्याइन्छ। त्यसपछि मात्रै अन्य सेयरधनीले पाउँछन्।
यो अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा पनि अन्य ऋणपत्रमा जस्तो बैंकहरूले ब्याजदर वा लाभांश तोकेका हुन्छन्।
यसमा संस्थाहरूले मात्रै लगानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।