नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५९ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४९ रूपैयाँ ६६ पैसा र बिक्रीमा १५० रूपैयाँ ३३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७७ रूपैयाँ १७ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ९२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ३३ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ५१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ९६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ८२ पैसा र बिक्रीमा ३० रूपैयाँ ९६ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ९१ पैसा र बिक्रीमा ४४० रूपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ।