प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) घोषणा गरेको छ।
उक्त बोनस सेयर बीमा प्राधिकरणले स्वीकृति गरेपछि कम्पनीको आगामी साधारण सभामा पेस हुनेछ।
साथै, कम्पनीले यस अघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ।
बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर पछि ७ प्रतिशत मात्र हकप्रद जारी गरे पुग्ने हुँदा संस्थाले यसअघि घोषणा गरेको हकप्रद सेयरको दर घटाएको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।