कुमारी बैंक लिमिटेड र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ।
कुमारी बैंकका ग्राहकहरूलाई उक्त हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकहरूलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निःशुल्क रूपमा उपलब्ध हुनेछ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।
विगत २३ बर्ष देखि निरन्तर बैंकिङ सेवा दिँँदै आएको बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईहरूमार्फत् ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।