एनआईसी एसिया बैंकका दुई नयाँ शाखाहरु संचालनमा आएका छन्। झापाको गौरादह नगरपालिका र सुनसरीको इटहरी उप– महानगरपालिका तरहरामा शाखा संचालनमा आएका हुन्। गौरादह शाखाको नगर प्रमुख रोहितकुमार शाह तथा तरहराको द्वारिकलाल चौधारीले उदघाटन गरे।
शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। यी दुईसँगै बैंकको शाखा संख्या १३३ पुगेको छ भने १४१ एटिएम काउन्टर छन्।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने लक्ष्य लिएको छ।