हिमालयन जनरल इन्स्योरेन्सले चुक्ता पुँजी एक अर्व २ करोड पुर्याएको छ। निर्जीवन बीमा व्यवसायमा विगत साढे दुई दशकदेखि सक्रिय रहँदै आएको कम्पनीले बीमा समितिको निर्देशन अनुसार समयमै पुँजी कायम गरेको हो।
समितिले निर्जीवनको हकमा १ अर्व र जीवन बिमाको हकमा आगामी असार मसान्तसम्म दुई अर्ब पुर्याउनु पर्ने व्यवस्था गरेको छ।
निर्जीवनमा समयमै चुक्ता पुँजीअर्ब पुर्यानेमा हिमालयन पहिलो रहेको कम्पनीको दावी छ।
कम्पनीले गत आबमा एक अर्व ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। आफ्नो शाखा सञ्जाललाई धनगढी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने कम्पनीको लक्ष्य छ। हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आइराखेको छ।