नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, ब्रोकर कम्पनीहरुलाई अर्धवार्षिक रुपमा लेखापरीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
सो निर्देशनबाट बजार व्यवस्थित भई ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको नियम परिपालनामा सुधार आउने बोर्डको विश्वास छ। ति कम्पनीको सेवा प्रवाह व्यवस्थित हुने, अनुशासित तथा पारदर्शिता बढ्न गई समग्र बजारको विकासमा टेवा पुग्ने बोर्डले जनाएको छ।
धितोपत्र सम्वन्धी ऐन र सोअन्तर्गत बनेका नियम, बिनियम र निर्देशनहरुमा ति संस्थाहरुको काम कारबाहीलाई व्यवस्थित तथा पारदर्शी बनाई संस्थागत सुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ।