प्रभु बैंकले कैलाली जिल्लाको बौनिया तथा पांचथर जिल्लाको फिदिममा दुई वटा शाखाहरु सञ्चालनमा ल्याएको छ।
बैनिया शाखाको नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख व्यवस्थापक धनन्जय शर्मा र फिदिम शाखाको नगर प्रमुख ओनाहाग नेम्वाङले उदघाटन गरे।
उक्त कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा बैंकले असोज मसान्तसम्म ८३ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब बराबरको रकम लगानी गरेको जानकारी दिइयो।
देशका ५६ जिल्लामा आफ्ना १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै थप शाखा संचालन गर्ने जनाएको छ।