रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा हालै रोयल इनफिल्ड महाराइड सम्पन्न गरिएको छ।
यो एतिहासिक राइड, जनकपुरस्थित रोयल इनफिल्ड सोरूमबाट सुरू भएको यो यात्रा सिन्धुलीसम्म पुर्याइयो।
यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको थियो।
जनकपुरबाट सुरू भएको यो यात्रा बर्दिबासमा छोटो विश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो।
बर्दिबासस्थित रोयल इनफिल्ड सोरूममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एवम् विशाल हुन पुग्यो। थप राइडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो।
कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरे।