चीनमा एसयुभीको बहु प्रतिक्षित नयाँ विद्युतीय गाडी 'एमजी इएस ५' सार्वजनिक भएको छ।
एसएआइसी मोटर कर्पोरेशनको यो गाडीले एक पटकको चार्जमा करिब पाँच ५२५ किलोमिटर चल्ने दाबी गरिएको छ।
रियर ह्विल ड्राइभको विशेषता भएकोले चालकहरूलाई चिप्ला सडकमा वा हावाहुरी चलेको समयमा पनि यो गाडी नियन्त्रण गर्न सजिलो हुन्छ।
रियर ह्विल ड्राइभ विशेषताले गाडीको इन्जिनबाट उत्पन्न हुने शक्तिलाई पछाडिका चक्कामा केन्द्रीत गरिदिन्छ, जसले गर्दा अगाडिको चक्का घुमाउन सजिलो हुन्छ।
यो गाडी सहर र ग्रामीण दुवै क्षेत्रमा चलाउन सहज हुने बताइएको छ।
लिथियम आइरन फस्फेट (एलएफपी) ले बनेको ब्याट्री प्रयोग भएको यो गाडी तीन क्षमतामा उपलब्ध छ।
चार सय २५ किमि, पाँच सय १५ किमि र पाँच सय २५ किमि क्षमताका गाडी उपलब्ध छन्।
एक सय १० एमएम मोटाई भएको यसको ब्याट्री विश्वमै पातलो ब्याट्रीको रूपमा रेकर्ड बनाएको कम्पनीको दाबी छ।
यो गाडीको ब्याट्रीले एक सय २५ किलोबाटको शक्ति उत्पादन गर्छ। २५० न्युटन मिटर (एनएम) क्षमता रहेकोले गर्दा गाडी मोड्न निकै सजिलो हुने बताइएको छ।
मात्रै आठ सेकेन्डमा अधिकतम प्रतिघण्टा एक सय किलोमिटरको दरमा एक्सेलेट हुन्छ। यो गाडीको अधिकतम गति प्रतिघण्टा एक सय ७० किलोमिटर रहेको छ।
यो गाडी नेपालमा पनि चाँडै आउने सम्भावना रहेको बताइएको छ।
नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आगामी फागुनसम्ममा गाडी भित्र्याउने सम्भावना रहेको बताएको छ।