दिगो ग्रुपले तेस्रो इ–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन कार्यक्रम गरेर दलदलेमा सञ्चालनमा ल्याएको छ।
नवलपरासीको दलदलेमा रहेको सो इ–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जिबी/टी चार्जर जडान गरिएको छ भने निजी सवारीसाधनलाई पनि मध्यनजर गरेर सिसिएस २.० चार्जरको पनि जडान गरिएको छ।
दलदलेको साथै दिगो इ–स्टप रामटार र कुरिन्टारमा सञ्चालन भइरहेको छ।
उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठले भने, 'इ–स्टपको तेस्रो संस्करण दलदलेमा सञ्चालनपछि यस राजमार्गको यात्रुहरूलाई निकै उद्धार हुनेछ। यस इ–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङको सुविधा दिन्छ र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ सुलभ सुविधा दिनेछ।'
दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले भने, 'दिगो इ–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको छ। दिगो इ–स्टप एउटा पिट स्टप मात्र होइन, यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं।'
दलदलेमा दिगो इ–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्दछ।
यसको मूल भागमा उन्नत इभी चार्जिङ स्टेशनहरू छन्, जसले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्दछ।
यस सुविधामा यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाइलो रेस्टुरेन्ट पनि छ। साथै, यात्रुहरूले सफा र पहुँचयोग्य सार्वजनिक शौचालय प्रयोग गर्न सक्छन्।