नेपाली राइडर दिपक शाह रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटीभ प्रालिबाट सम्मानित भएका छन्।
काठमाडाैंमा आयोजित एक कार्यक्रममा उनलाई खादा, सम्मान पत्र र ९५ हजार रूपैयाँ सहित सम्मान गरिएको हो।
प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर–६ अक्टोबर) भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए।
यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो।
सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटरसम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ औं पटकसम्मका रेड डी हिमालय तथा अन्य धेरै र्याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे।
रोयल इन्फिल्ड पुरानो मोटरसाइकल ब्रान्ड हो