हिरोको मोटरसाइक किन्दा राम किशुन यादवले पाँच लाख रूपैयाँ जितेका छन्। सिजी हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत उनले पाँच लाख रूपैयाँ जितेका हुन्।
उनले हिरोको स्प्लेन्डर प्लस मोडलको मोटरसाइक सिटी ट्रेड कन्र्सन, लहान सोरूमबाट किनेका थिए।
सिजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ। उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाख जित्न सकिन्छ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ।
सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ।
साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।
त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ।
लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ।