सोमबार बिहान सेरेस ब्राण्डको एउटा विद्युतीय सवारीसाधन (इभी) मा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको छ।
गाडीमा देखिने नियमित प्राविधिक समस्या समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो।
उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको कम्पनीको भनाइ छ।
मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो। यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पूर्वक स्थितिलाई नियन्त्रण लिएको छ।
कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको कम्पनीको भनाइ छ।