ट्रायम्फ नेपालले 'ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन' आयोजना गर्दै नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका अनुसार एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू डेलिभरी गरिएको छ, जुन गत अगस्टमा लन्चपछि प्रि–बुक गरिएको थियो।
उक्त कार्यक्रम सहित ट्रायम्फ नेपालको मोटरसाइकल बजारमा विधिवत् रूपमा प्रवेश गरेको कम्पनीको भनाइ छ।
नक्सालस्थित ट्रायम्फ सोरूममा आइतबार आयोजना गरिएको कार्यक्रममा ट्रायम्फका स्पिड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेल डेलिभरी गरिएको थियो।
नाडा अटो शो २०२४ सार्वजनिक गरिएको यस ब्रान्डलाई लिएर ग्राहकहरू अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो।
नाडा अटो शोमा बुक गर्ने २०० ग्राहकले सो कार्यक्रममा भाग लिएका थिए।
कम्पनीका अनुसार कार्यक्रममा 'द जेन्टलम्यान्स क्लब' को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक 'कम्युनिटी ग्रुप' हो।
कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो। यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायका लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउने बताइएको छ।
ट्रायम्फ ब्रान्डको नेपाली बजारमा प्रवेशको सन्दर्भमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाए।
'ट्रायम्फलाई नेपालमा भित्र्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो ब्रान्डले उत्कृष्टता, प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ। आगामी दिनमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यकताअनुसार प्रस्तुत गर्ने छौं। मोटरसाइकलको उचित मर्मतसम्भारका लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,' उनले भने।