ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले 'जेइको जे सिक्स' इलेक्ट्रिक एसयुभि र ओमोडाको १०० भन्दा धेरै युनिटहरू डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ।
पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयुभी हो। गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधिमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीको भनाइ छ।
त्यसमाथि, अफ–रोड ड्राइभिङमा रूचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए।
यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भू–भागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ।
ओमोडा इ ५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयुभीले निकै लोकप्रियता हासिल गरेको छ। भर्खंरै नाडा अटोशोमा ओमोडा इ५ डिएलएक्स ओमोडा इ५ एलयुएक्सको संस्करण सार्वजनिक भएको हो।
जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ–रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ–रोड पारखीहरूको लागि उचित रोजाई बनेको छ।
२७१५ मिलिमिटरको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो।
चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८–१२ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम तथा इजी–क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ।
यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालीन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ।
जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिगी्र क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ। जे सिक्सले यसको रगेड बडीसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ। जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ।
पहिलो भेरियन्ट २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ भएको र दोस्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ।
यो गाडी ६.५ सेकेन्डभित्रै शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। सिएटिएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ।) रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि–रेन्ज प्रदान गर्दछ।
गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन्।
जे सिक्स एक आरामदायी, व्यावहारिक, तथा नेपाली भू–भागको लागि सुहाँउदो एसयुभी हो जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ।