साझा सेवा सहकारी संस्थाले पेट्रोलियम पदार्थ बोक्ने तीन वटा ट्यांकर थपेको छ। ट्यांकरको उद्धघाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गरे।
तीन ट्यांकर थपिएसँगै पेट्रोलिय पदार्थ ढुवानी गर्न सहज हुने संस्थाको विश्वास छ।
‘पहिल २ वटा थियो अहिले ३ वटा थपेर ५ वटा बनायौं,’ साझा आयाल स्टोर बल्खुका प्रमुख निर्देशक दिवाकर श्रेष्ठले भने, ‘बन्द हड्ताल जस्ता आपतकालीन अवस्थामा राज्यको सेवा पुर्याउन सहज हुन्छ।’
उनकाअनुसार प्रति ट्यांकरको २० हजार लिटर इन्धन बोक्ने क्षमता छ। कम्पनीले एउटा ट्यांकर ४८ लाख ६५ हजार रूपैयाँमा किनेको बताएको छ।
विगत ५१ वर्षदेखि सञ्चालनमा आएको साझा सेवाले हाल पेट्रोल पम्प, रासायनिक मल र ग्यास बिक्री गर्दै आएको छ।
अहिले साझा पेट्रोल पम्प काठमाडौं उपत्यकामा ४ र बनेपामा एउटा गरी ५ वटा छन्। कम्पनीमा ५८ जना कर्मचारी छन्।
कम्पनीले वार्षिक काराबार १ अर्ब ५० करोडभन्दा माथिको गर्दै आएको छ।
प्रदेशस्तरीय पेट्रोल पम्पको विस्तार गर्ने योजना रहेको कम्पनीको योजना छ।
यसमा नेपाल सरकारका संघ सस्था र सामाजिक संस्थाको शेयर छ।