दसैं मनाएर परदेश फर्कनेहरूको लर्कोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा शुक्रबार अबेरसम्म उधुम भीड लागेको थियो।
घरपरिवार र आफन्तसँग टीका लगाउन नेपाल आएकाहरू बिदा सकेर पढाइ वा रोजगार निम्ति विभिन्न गन्तव्य फर्कन हतारमा देखिन्थे। उनीहरूलाई छाड्न विमानस्थलसम्म आएका आफन्तजनका आँखामा विछोडको पीडा झल्कन्थ्यो।
यसरी अध्ययन वा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपालीहरूको संख्या ठूलो छ।
वैदेशिक रोजगारको मात्र कुरा गर्ने हो भने पनि दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेको तथ्यांक छ। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ।
त्रिभुवन विमानस्थलमा शुक्रबार राति देखिएको भीडभाडको दृश्य —










