नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि बढी रुचाइने गरेको कम्पनीकाे दावी छ।
नेपालको एक रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई एक नम्बरमा राखेका हुन्।
‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडियारिचका निर्देशक मिरेश अधिकारीले भने ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।
ग्राहकको रोजाइमा पर्नु आफ्नोलागि ठुलो उपलब्धी भएको एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल बताउछन्।
‘यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने।
एमएडब्लुले ६ वर्षअघिबाट स्कुटर नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको हो।
नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन्।
यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएको कम्पनीले जनाएको छ।