गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२ औं महाधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्तमा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्त भएका छन्।
संघको १०६ औं बैठकले अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुने १२ औं अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत हुने आईसीसी निर्वाचन प्रक्रियाका लागि प्रमुख निर्वाचन आयुक्त तोकेको हो।
एनआरएनए निर्वाचनका प्रक्रियाका लागि प्रमुख निर्वाचन आयुक्त घिमिरे र संघका तर्फबाट अध्यक्ष बद्री केसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रुपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने सहमति जनाइएको छ।
१२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधिहरूको सहभागिता रहने एनआरएनएले जनाएको छ।