पोल्याण्डमा रहेका डा. सरोज अर्याललाई त्यहाँको शिक्षा तथा अनुसन्धान मन्त्रालयले सम्मान गरेको छ।
पोल्याण्डको शिक्षा तथा अनुसन्धान मन्त्रालयले अर्याललाई युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेको हो।
उनले अन्तर्राष्ट्रिय सम्बन्धमा यो पुरस्कार पाएका हुन्।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अन्तर्राष्ट्रिय सम्बन्ध जस्तो विशिष्ट विधामा पुरस्कार पाउने पहिलो नेपाली भएको भन्दै अर्याललाई शुभकामना समेत दिएको
छ।