कोरियास्थित नेपाली दूतावासको बिषेश पहलमा कोरिया नेपाल पार्लियामेन्ट्री फ्रेन्डशिप एसोसिएसन गठन भएको छ।
सोलस्थित नेपाली दूतावासले उक्त कार्यदल गठनको लागि केहि समय यता विशेष पहल गरेको थियो।
गठित कार्यदलले नेपाली सांसद र कोरियाली सांसद बीच समन्वय कायम गरि दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ।
कार्यदलले नेपाल र नेपालीका समस्या, भइपरी आउने घटना, विकास निर्माण तथा बिभिन्न आयोजना, परियोजनासँग सम्बन्धित विषयबस्तुलाई नेपाली सांसदहरूसँग समन्वयन गरि कोरियाको संसदमा आवाज उठाउने छ।
महाभूकम्पको समयमा पनि कोरियाली सांसद मार्फत छलफलको लागि गएको शोक प्रस्ताव कोरियाको संसदबाट पारित भएको थियो।
५ सदस्यीय उक्त एसोसियसनमा कोरियाली पिपुल्स पार्टीका नेता जोसाङ् सेन योंग अध्यक्ष छन् भने डेमोक्रेटिक पार्टीबाट ओ योंग हुङ् उपाध्यक्ष छन्। त्यस्तै सदस्यमा डेमोक्रेटिक पार्टीबाटै ली किहो, बेक जेहयुंङ् तथा लिबर्टी कोरिया पार्टीबाट किम सुन रे छन्।