एसिया महादेशका दुई देश जापान र सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशालीमा परेका छन्।
२०१९ को अन्तिमा आइपुग्दा जापान र सिंगापुरको पासपोर्ट विश्वकै पहिलो शक्तिशाली बन्न सफल रहेको ‘हेन्ली पासपोर्टको सूचांक’मा समावेश गरिएको छ।
हेन्ली पासपोर्ट इन्डेक्सले सबै देशको ‘भ्रमण कागजात’को पहुँच कस्तो छ हेर्ने गर्छ।
जापान र सिंगापुरको पासपोर्ट १ सय ९० देशको पहुँचमा पुग्न सफल भएको छ। हाल साउथ कोरिया, फिनल्यान्ड र जर्मनी शक्तिशाली पासपोर्टमा दोस्रो स्थानमा छन्। यी तीनवटै देशलाई १ सय ८८ देशको न्यायलयहरुसम्म विना भिसाको पहुँच रहेको छ।
पाकिस्तानले हालसालै परिवर्तन गरेको अत्यधिक प्रतिबन्धित भिसा नीतिबाट फिनल्यान्डलाई फाइदा भएको छ।
पाकिस्तानले अब फिनल्याण्ड, जापान, स्पेन, माल्टा, स्विजरल्याण्ड र संयुक्त अरब इमिरेट्सलगायत ५० वटा देशका नागरिकलाई इटिए (इलेक्ट्रोनिक ट्राभल अथोरिटी) प्रदान गरेको छ। तर, संयुक्त राज्य अमेरिका र बेलायतलाई भने प्रदान गरिएको छैन।
युरोपियन देशहरू डेनमार्क, इटली र लक्जमबर्ग उक्त सूचाकंको तेस्रो स्थानमा छन् भने फ्रान्स, स्पेन र स्वीडेन चौथो स्थानमा छन्।
यी देशहरु फ्रि भिसा, आवत/जावतमा १ सय ८७ वोटा देशको पहुँचमा छन्।
२०१४ मा बेलायत र संयुक्त राज्य अमेरिका शक्तिशाली पासपोर्टमा पहिलो स्थानमा थिए। अहिले यी दुवै देशको स्थान घटेर छैटौं स्थानमा पुगेको छ।
विश्वमा फ्रि भिसा र सहज पासपोर्टको पुहँचमा नेपाल निकै कमजोर छ। नेपालको पहुँच ३८ देशमा मात्रै रहेको छ।