गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्वाचन ११ र १२ अगस्टमा हुँदैछ। निर्वाचनमा गुट उपगुटसहितको चरम विवादले यस संस्थाको साख गिर्दो छ। यस्तै समूहगत र संगठित झुन्डहरुले एउटा सामाजिक कार्यका लागि स्थापित प्रवासीको साझा संस्थालाई कहिले आफ्नो पारिवारिक सम्पत्ति सरह , कहिले नेपालको कुनै राजनीतिक दलको झोले कार्यकर्ता सरह त कहिले एनआरएन आईसिसि भित्रका समूहको हनुमान सरह ब्यबहार गरी दिँदा ईमान्दार र केही गर्छु भन्दै अघि बढ्न चाहनेको खुट्टा तान्नमा ब्यस्त देखिएका छ्न्।
अर्को कार्यकालका लागि एनआरएन अमेरिकाको अध्यक्षका लागि प्रत्यासीहरु डा केशव पौडेल र गौरी जोशीका बिच नै प्रतिस्पर्धा हुने निश्चित छ। दुबै प्रत्यासीहरुले आफ्नो समूह बनाएर प्रचार अभियानलाई तिब्र पारेका छ्न। यसै चुनावी प्रचार अभियानमा भएका अन्तरकृया कार्यक्रमहरुमा बर्तमान अध्यक्ष डा पौडेलले आफ्नो कार्यकालमा एकल निर्णय गर्ने गरेको , संस्थालाई पेवा झै बनाएको, नेपालको राजनीतिक पार्टीको झोला बोकेको, अमेरिकाका प्रवासीहरुको हित हुने कार्य गर्न नसकेको, गुटबन्धी गरेको , सदस्यता वितरणमा आफ्ना समूह मार्फत फोटो आईडिको ब्यबस्था नगरी आफु अनुकुल हुने गरी सदस्यता बितरण गरेको, सदस्यता प्रमणिकरणमा गौरी जोशीको पकड भएको टेक्सासमा मात्र छानविन गरेको , गौरी जोशीलाई उम्मेदवार हुन बाट रोक्ने षणयन्त्र गरेको आरोप लागेको छ।
त्यस्तै , टेक्सासमा आफैं पैसा तिरी सदस्य बनाएको आरोप गौरी जोशी माथि लागेको छ। फोटो आईडीको ब्यवस्था लागू नगरेपछि सदस्य बनाउन आ-आफ्नो लगानी भएको तथा आफ्ना ब्यापारिक पार्टनर तथा शुभचिन्तकहरुको ब्यापारिक संस्थालाई प्रयोग गरी उनीहरु मार्फत प्रत्येक नेपालीहरुको परिवार सहितको नामावली लिस्ट लिएर सदस्य बनाएको तथ्य बाहिर आएको छ।
नेपाली राजनीतिक दलको झोला नवोक्नुस्, गुटबन्दी नगर्नुस्, एनआरएनलाई साझा चौतारी बनाऔ भनी प्रत्यासीहरुलाई खबरदारी गर्दा उनीहरुलाई ज्वरो आउँछ। आत्मैदेखि भन्नुस्, के एनआरएन अमेरिका साँच्चै ठिकठाक चलिरहेको छ भनेर सोध्दा गर्वका साथ भन्छन्-एकदम ठिकठाकै चलेको छ्, नत्र हेर्नुस कसरी दश हजारबाट चौध हजार सदस्य भए भन्ने जवाफ दिन्छ्न्। तर, किनेर बनाईएको सदस्यका बारेमा भने कुनै जवाफ नै छैन, तै चुप , मै चुपको अवस्था छ।
एनआरएनआइसिसिकोठाडोहस्तक्षेपएनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्वारी दिएका गौरीराज जोशीको नाम उम्मेदवारको नामावली सूचीमा अझै पनि प्रकाशित नभएपछि धेरै मिडियाहरु लगायत अमेरिकाका प्रवासीहरुले बिरोध गरी रहेका छ्न्। निर्वाचन कमिटीले एनआरएन आइसिसिको निर्णय अनुसार जोशीको नाम हटायो भन्ने आरोप समेत लागेको छ।
एनआरएन आइसिसिका प्रभावशाली पदाधिकारीहरु एनआरएन अमेरिका भित्र सधै किचलो सृजना गरेर आईसिसिमा रजाई गर्ने चाहना राख्दछन्। एनआरएन आइसिसि भित्रको समूहले आफ्नो अभिष्ट पुरा गर्न अमेरिकामा दर्ता भएको सस्था- एनआरएन अमेरिकालाई आफ्नो समूहको अनुकुल हुने गरी नियन्त्रण गर्नका लागि कानून भन्दामाथि रहेर निर्देशित गर्ने गरेको ज्वलन्त उदाहरण वर्तमानमा अध्यक्ष पदका प्रत्यासी गौरो जोशीलाई उम्मेदवार हुनबाट रोक्न खोज्नु नै हो।
एनआरएनअमेरिकाफुट्नसक्छविवाद र छलफल हुनु र समाधानका बाटाहरु खोज्नु प्रजातान्त्रिक पद्दति भित्रका पाटा हुन्, तथापी लामो विवाद र जुँगाको लडाईमा समय दिनुभन्दा एनआरएन अमेरिकाले आफ्नो संस्थाको विधानलाई बिवादरहित बनाउनु उचित हुनेछ।
अत्यन्त बिबाद र किचलोका बिच एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्बाचन समेत प्रभावित भएको बर्तमान अवस्थामा आपसी स्वार्थ र मनमुटाबले एनआरएन अमेरिकाको सेवा भावमा ह्रास आएको छ, संस्था बदनाम हुन गै नेपाली भाषी बिच यसको महत्व र आस्था माथि अविश्वास सृजना हुन गएको छ।
एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्यासी डा केशव पौडेल र गौरी जोशीबीच अहिले स्पष्ट रुपमा दुई समूह देखिएको छ। डा.पौडेल समूह आफ्नो पुरा शक्तिको प्रयोग गर्दै जोशीलाई यस निर्वाचनमा अध्यक्ष पदका लागी अयोग्य साबित गर्न कम्मर कसेर लागिपरेको छ। त्यस्तै, एनआरएन आइसिसिका तर्फबाट अमेरिकाका कोर्डिनेटरहरु पनि जोशीलाई पाखा लगाउने कार्यमा खुलेरै लागेका छ्न। यसै तानातानी र षणयन्त्रका बिच अमेरिकामा दर्ता भएको एनआरएनको विधान विपरित जोशीलाई उम्मेदवार दिईएन भने एनआरएन अमेरिका फुटन सक्ने सम्भावना प्रवल छ।
एनआरएनअमेरिकाकोअस्तित्वकालागिकानूनीलडाईआवस्यकसंस्थाको विधान छ, तर दुःख लाग्दो कुरा के छ भने आफू अनुकुल हुने गरी संशोधन गर्ने काईते परिपाटीले यस संस्थालाई सधै बिवादित बनाउँदै आएको छ। कुनै बिवाद भएमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति (एनआरएन आइसिसी) को निर्देशन लिने भन्ने छ। अमेरिकामा दर्ता भएको संस्थाले आफ्नो विधानको भावना बिपरित हुने गरी अर्कै मुलूकमा दर्ता भएको सस्थाको निर्देशन कसरी मान्न सक्छ? यसैको टेकोमा चढेर आईसिसिले दादागिरी देखाएको प्रष्ट हुन्छ।
त्यस्तै, एनआरएन आइसिसि भित्रका समूह तथा उप समूह लगायत अमेरिकाका लागि आइसिसिका कोर्डिनेटहरुको ठाडो हस्तक्षेपको सिकार हुन पुगेको एनआरएन अमेरिकाले आफ्नो अस्तित्वका लागि अब कानूनी उपचार खोज्नै पर्दछ। यसै षणयन्त्रका बिच अमेरिकामा दर्ता भएको एनआरएनको बिधान बिपरित जोशीलाई उम्मेदवार दिईएन भने एनआरएन अमेरिकाको अस्तित्व बचाउनका लागि गौरी जोशी अदालत जानुपर्ने तर्क अत्याधिक प्रवाशीहरुको छ।