गत वर्ष सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने आरोपका कारण सुरूदेखि तातेको अमेरिकी राजनीति यतिबेला उत्कर्षमा पुगेको छ।
चुनाव प्रचार ताकादेखि अहिलेसम्म डेमोक्रेटिक पार्टीले राष्ट्रपतीय निर्वाचनलाई रूसले प्रभाव पारेको आरोप लगाउँदै आएको छ। मस्कोस्थित क्रेमलिनका ह्याकरहरूले वरिष्ठ डेमोक्रेट नेताहरुका ईमेल ह्याक गरेको जसमा हिलारी क्लिन्टनलाई पराजित गर्न डोनाल्ड ट्रम्पलाई सहयोग गरेको ब्यहोरा गत जनवरीमा सार्बजनिक भएको थियो।
एफबीआईको तीब्र सक्रियता
राष्ट्रपतीय निर्वाचन ताका हिलारी क्लिन्टनलाई हराउन ट्रम्पका सहयोगीहरू र रूसी नागरिककाबीच पटक पटक भेट्घाट हुने गरेको भन्ने कथित आरोपमा अमेरिकाको माथिल्लो सदन सिनेट र एफविआईले बयान लिने र छानबिन गर्ने कार्यलाई तिब्र पारेका छ्न्।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसले पुर्याएको भनिएको कथित हस्तक्षेपका बारेमा एफविआई, सिनेटको छानविन समितिलगायत अमेरीकी अधिकारीहरुले अध्ययन अनुसन्धानलाई तिब्र पारेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पको छटपटी बढेको छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने विवादका कारण तिब्र गतीमा रहेको छानविनका कारण यती खेर व्हाईट हाउसस्थित 'वेस्ट विङ' हल्लिएको छ। अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार देखिनै रिपब्लिकनबाट राष्ट्रपतीय उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति पुटिन बिचको सम्बन्धका बारेमा ब्यापक चर्चा पायो। डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हिलाई क्लिन्टनका ईमेलहरु सार्वजनिक भए। क्लिन्टनका ती ईमेलहरु ट्रम्पको मिलोमतोमा रुसले ह्याक गराएको आरोप लाग्दै आएको छ ।
यसै गरी रसिया प्रकरणमा राष्ट्रपति ट्रम्पका सहयोगीहरु - राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जूनियर, छोरी ज्वाई जेरेड कुशनर, ट्रम्प क्याम्पेनका पूर्व प्रबन्धक पल मानफोर्ट, ट्रम्पका वरिष्ठ सलाहकार मध्यका एक रोजर स्टोन, ट्रम्पका एक पूर्ब विदेश नीति सल्लाहाकार कार्टर पेज आदी समेत रसिया प्रकरणको घेरामा परेका छन ।
सहयोगीहरुकोबहिर्गमनराष्ट्रपति ट्रम्पले आफ्नो कार्यभार सम्हालेको छ महिना बितेको छ । यस अवधीमा राष्ट्रपति ट्रम्पले नियुक्ति गरेका राष्ट्रिय सुरक्षा सल्लाहाकार माइकल फ्लीनले राजिनामा दिनु पर्यो। रूस संग परराष्ट्र निती विपरीत अनुचित सम्पर्क गरेको कारणले फ्लीनलाई राजिनामा दिन दवाव परेको थियो।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसको संलग्नता माथि एफबिआइले छानबिन गरिरहेको एफ़बीआईका तत्कालिन निर्देशक जेम्स कुमीले बताए लगत्तै अमेरिकि राजनीतिले चार दशक पुरानो वाटरगेट नामक काण्डलाई सम्झाएको थियो। कुमीले आफ्नो बयानमा ‘ट्रम्पको चुनावी प्रचारमा संलग्न अन्य सहयोगीको समेत रूसी सरकारसँग के कस्तो सम्बन्ध थियो सोको बारेमा छानबिन भइरहेको बताएको केहि दिन पस्चात उनलाई राष्ट्रपति ट्रम्पले पद मुक्त गरेका थिए ।
ट्रम्पका निकट सहयोगी अटेर्नी जनरल जेफ सेसन पनि रुससँगको सम्बन्धलाई लिएर बिबादमा तानिएका छन। उनले आफ्नो सपथका बेला सीनेटरहरुलाई आफुले रूसका अधिकारिहरु सँग सम्पर्क नगरेको भन्दै कांग्रेसलाई भ्रममा राखेको आरोप छ। तर उनले गत साल रूसका राजदूत सँग कुरा गरेको प्रमाण सार्बजनिक भएको थियो। आफु एफबिआईको छानवीनमा रहेको बुझे पछी अटेर्नी जनरल सेसनले छानविनमा तटस्थ बस्ने निर्णय गर्न बाध्य भए पस्चात ट्रम्पको छटपटी झनै बढेको छ ।
एफ़बीआईका तत्कालिन निर्देशक जेम्स कुमीको बहिर्गमन पस्चात सहायक निर्देशकका रुपमा रबर्ट मूलरले रसिया प्रकरणको छानविनलाई तिब्र पारे पछी ट्रम्पको निद्रा हराएको छ। रुस प्रकरणको छानविनमा तटस्थ बस्ने सेसनको निर्णयले सम्भावित चुनावी गठबन्धन सम्बन्धी छानवीनमलाई निस्तेज पार्ने ट्रम्पको सपना चकनाचुर भएको बताईन्छ । आफु अनुकुलको कार्य नगरेको र एफविआईका सहायक निर्देशकका रबर्ट मूलरलाई नहटाएको आरोपमा यती बेला सेसनलाई पदमुक्त गर्न उनी बिरुद्द ट्वीटर मार्फत बिष बमन गर्दै छन ट्रम्प ।
गत हप्ता अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट राजिनामा दिए। स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात् नयाँ नियुक्ति दिएपछि यसमा चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजिनामा दिएका थिए । सिन स्पाइसर राष्ट्रपति ट्रम्पका अत्यन्त निकट सहयोगी मानिन्छन ।
रिपब्लिकनबिचबढदोदूरीव्हाईट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हाच्छिउ गरेको खबर समेत प्रमुख मिडियाहरुले प्राप्त गर्न थाले पछी रसिया प्रकरणमा नयाँ 'डिप थ्रोट' को पुनर्जन्म भएको आसंका गरिएको अवस्थामा ट्रम्पले एक पछि अर्का आफ्ना सहयोगीहरुलाई हटाउने अभियानमा लागेका छ्न ।
स्पाइसरको राजिनामा पस्चात राष्ट्रपति ट्रम्पले गत हप्ता व्हाईट हाउसमा आफ्ना प्रमुख सचिव राइन्स प्रिबुसलाई पद मुक्त गरे। मिडियामा समाचार लिक गरेको आरोप प्रमुख सचिव राइन्स प्रिबुसलाई लाज्ञो । गत हप्ता नै अमेरिकी सिनेटले पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य रेखदेख कानून (ओबामा केयर) को केही भागलाई निस्तेज गर्ने ‘स्किनी रिपिल’नामक प्रस्तावित विधेयकलाई नाटकीय रूपमा खारेज गर्यो। स्किनी रिपिल नामक प्रस्तावित विधेयकलाई असफल बनाउन रिपब्लिकनका प्रभावशाली नेता सेन जोन म्याकेनले विपक्षमा निर्णायक भोट हालेका थिए ।
यसै हप्ता हटाईएका व्हाईट हाउस प्रमुख राइन्स प्रिबुसको स्थानमा होम ल्याण्ड सेक्युरिटीका प्रमुख जनरल जोन केलीलाई भित्राउने योजनामा राष्ट्रपति ट्रम्प लागेका छन । उता महान्याधिवक्ता सेसनलाई ठेगान लगाउन जोन केलीको स्थान होमल्यान्ड सेक्युरीटीमा नियुक्ति गर्ने योजनामा ट्रम्पको वेस्ट विङ रहेको बताईन्छ ।
यती बेला महान्याधिवक्ता सेसनलाई पदमुक्त गरी एफविआईका छानविन प्रमूख रबर्ट मूलरलाई तह लगाउदै रसिया प्रकरणको छानविनलाई निस्तेज पार्न योजनामा ट्रम्पको वेस्ट विङ लागी परेको ब ताईन्छ ।
फोटोकार्टून - गूगल