केही दिन अघिदेखि मिडियादेखि सामाजिक सञ्जालमा चर्चित देखिएको अनुहार डा. रामेश कोइरालाको हो। अनुहार मात्रै हैन, उनले गरेको निर्णय पनि हो। सबैले आ–आफ्ना किसिमका तर्कसहित सामाजिक सञ्जालमा पोस्ट आउने गरेको छ।
हुन त दिनहुँ हजारौँ बिदेसिन छन् तर कोइरालाकै चर्चा किन भएको छ? धेरैका मनमा उब्जिएका प्रश्न हो। मेरो मन पनि प्रश्न नआएको चाहिँ हैन तर मसँग ती प्रश्नका उत्तर छ जस्तो लाग्छ।
२० वर्षभन्दा बढी समयदेखि देशका ठुला मुटुरोग अस्पतालमा काम गरेका कोइराला, उपकुलपतिका लागि दुई पल्ट आवेदन दिएको थिए तर दुवै पल्ट सफल हुन सकेनन्। उनी कुशल चिकित्सक र विचारक थिए र हुन्।
म वहाँलाई नियमित पछ्याइरहन्थेँ। म डा. साहेबलाई विश्वका धनी एलन मस्कका सामाजिक ह्यान्डल ‘एक्स’ मा फलो गर्थेँ। तर नसोचेका कुरा, ‘करियर’ का उत्तरार्द्धमा त्यही ‘मस्क’ बस्ने देशमा कोइराला जान्छन् भने मलाई अचम्म लागेको छ।
अचम्म लाग्नुका कयौँ कारण मध्ये ‘क्यारियर’ महत्त्वपूर्ण र एक हो। मेरो क्यारियर मजाले सुरु पनि भएको छैन। कसरी ‘सेटल’ हुने हो र के गर्ने हो भने अझै चिन्तामै छु। के गर्दा सहज होला भने निर्णय लिन पनि सकेको छैन।
कोइराला झैँ बिदेसिन त? मनमा प्रश्न नआएको चाहिँ हैन, कयौँ पल्ट आएको हो तर ढिला भएन र जस्तो लाग्छ। जब कोइरालालाई ढिला भएन भने मलाई पक्कै पनि ढिला भएन कि जस्ता अर्को प्रश्न पनि मन मै उब्जिन्छ।
डाक्टर कोइरालाका लागि कतिले त अवसरवादीको पनि संज्ञा दिएका छन्। चाहिएको पद नपाएर बिदेसिएका छन् भन्ने आक्षेप पनि लगाएका छ। नेपालका बस्नु बेकार हो र ठिक निर्णय लिएका हुन् भने कतिले तर्क दिन्छ। जे भए पनि त्यो कोइरालाको व्यक्तिगत निर्णय हो जसको म सम्मान गर्छु।
सोच्नु पर्ने कुरा के छ भने, बाल अवस्थामा विद्यालयमा हुँदा ठुला भएर के बन्ने प्रश्नका उत्तर आउँदा अधिकांशको डाक्टर कि इन्जिनियर हुने भने जवाफ आउँथ्यो। कसरी डाक्टर कि इन्जिनियर हुने थाह नहुँदा जवाफ आउने गर्थ्यो।
विडम्बना भनौँ, सन् २०२१ देखि २०२५ सम्म ८ हजार ६२४ डाक्टरले ‘नेपाल मेडिकल काउन्सिल’ मा दर्ता गराएका थिए। जसमा ६ हजार ३६८ विदेश जानका लागि ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन्।
अन्य क्षेत्रमा कति छन् कति छन्। तथ्याङ्क केलाइयो भने धेरै नै छ।
म त व्यवस्थापनका पढेका मान्छे र लामो समय विकासे क्षेत्रमा काम गरेको जुन क्षेत्रको अवसर समयअनुसार परिवर्तनशील हुन्छ र सधैँ आफूलाई ‘साबित’ गर्नु पर्छ। अहिलेको अवस्थामा यस क्षेत्रमा अवसर पाउनका लागि ठुला चुनौती पनि देखिन्छ।
म त बिदेसिन पर्ने हो जस्तो लाग्छ। तर मनमा अर्को प्रश्न उब्जिन्छ। त्यहाँ सहजै काम पाउँछ? अवसर पाउन सजिलै हुन्छ र? पक्कै नहोला। मेहनत त त्यहाँ पनि गर्ने होला। फरक, सुरक्षित यताभन्दा बढी उता होला, अरू त सबै उस्तै हुन्छ नि है।
सुरक्षित भन्नाले स्वास्थ्य र शिक्षा लगायतका सुविधा राम्रो हुन्छ। मानव जीवनमा यी दुई ‘बेटर’ भएपछि त अरू हुँदै गर्छ नि।
हामी देखावटी बढी गर्छौँ कि जस्तो लाग्छ। जुन म पनि महसुस गरेको छु। पछिल्लो समय सामाजिक सञ्जाल हेर्यौँ। दिनमा कम्तीमा एउटा विमानस्थलको फोटा देख्छु। यसले म पनि जाऊँ कि जस्तो हुन्छ तर जाने निधो गरेको छैन।
यस्तो अवस्था अरूलाई पनि हुन्छ होला। फेरि अर्को कुरा, विमानस्थलमा दुई किसिमका फोटो लिने गरिन्छ तर बाहिरिने ‘भारल’ नै हुन्छ भने भित्रिनेको आकलझुकल मात्रै देखिन्छ। जुन महत्त्वपूर्ण पाटो हो।
फेरि, हाम्रो मिडियाले भाइरल हुनेको पो देखाउँछ किनकि हामीले हेर्न चाहेको त्यही हो। पक्कै पनि जति सङ्ख्यामा बाहिर जान्छ, त्यही अनुपातमा भित्रिन्छ पनि होला। हो, तुलनात्मक फरक होला तर भित्रिएको त हो नि।
म बिदेसिन्छु कि नाइँ थाह छैन। भविष्यले बताउँछ। ठोकुवा साथ भन्न सकिने अवस्था छैन। म कहिले पनि देशबाहिर बस्ने गरी नजाने सोचेका मान्छे कहिलेकाहीँ जानु पर्छ भन्ने दिमागमा आउँछ। म आफूलाई सम्झाउँछु तर कहिलेसम्म सम्झाउँछु थाह छैन।
देशमा अवसर र बस्ने वातावरण बनाउनु पर्छ। जसको लागि सबैले आफ्नो तर्फबाट योगदान पुर्याउन जरुरी छ।