दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै आएको अस्कर कलेजको 'साधना घर' प्रेक्षालयमा बिहीबारदेखि 'दोरूम्बा' नामक नाटक मञ्चन हुँदैछ।
माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बिचमा पिल्सिएका जनताको कथा पेश गर्ने नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन्। कलेजका विभिन्न ब्याचका विशेषतः अभिनय विशिष्टीकरणका विद्यार्थीहरूको संलग्नता रहेको नाटकलाई १६ औं ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन्।
साउन १५ देखि २४ गतेसम्म हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुने नाटक शनिबारका दिन भने १ः१५ बजेको अतिरिक्त समयमा पनि मञ्चन हुनेछ।
साधना–घरमा यसअघि आधा दर्जनभन्दा बढि नाटकहरू मञ्चन भइसकेका छन् भने भविष्यमा पनि निरन्तर मञ्चन हुने कलेज प्रशासनले बताएको छ।